१५६२ जना कोरोना संक्रमित थपिए, थप १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २ सय ६६ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८० र ४ हजार १ सय ७७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६६ हजार ९ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १० हजार ९ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ५ सय ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा कूल संक्रमित भएकामध्ये ७ लाख ४२ हजार ३ सय ६ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २६ हजार २ सय २ सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie