काठमाडौं । पछिल्लो २४ घण्टामा १३ सय ४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४३ सहित संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ।
मन्त्रालयका अनुसार आज २ हजार १११ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ। देशभर क्वारेन्टिनमा ५७६ जना रहेका छन् भने आइसोलेसनमा १५ हजार ७६६ जनाको उपचार भइराखेको छ।