हुम्लाको राडिकोट गाउँमा आगलागी

काठमाडौ । हुम्लाको सर्केगाड गाउँपालिका ७ स्थित राडिकोटको ठूला गाउँमा आगलागी भएको छ । आगलागी भएको खवर पाएपछि ईलाका प्रहरी कार्यालय सर्केगाडबाट प्रहरी घटनास्थल हिँडे पनि आगलागी भएको ठाउँ जान कम्तीमा तीन घण्टा लाग्ने गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले जनाए ।

धामीका अनुसार आगलागीबाट १२ घर जलेका छन्, आगो नियन्त्रणमा लिन स्थानीय खटिए पनि आगो अझैं नियन्त्रणमा लिन सकिएको छैन ।

झण्डै डेढसय घरधुरी रहेको बाक्लो बस्तीमा आगलागीका लाग्नुको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया

Techie