हिमानी कोषद्वारा विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं : हिमानी कोषले आज विभिन्न संघ संस्थालाई स्वास्थ्य समाग्री तथा राहत वितरण गरेको छ । कोरोना भाईरस महामारीलाई मध्यनजर गर्दै विभिन्न चरणमा स्वास्थ्य समाग्री वितरण गदै आएको कोषले आज कारागार अस्पताल, सुनसरी ईलाका प्रहरी कार्यलय, सुनसरी स्वास्थ्य चौकीको एम्बुलेस चालक, शिवनगर टोल विकास समिति, लगायत संस्थालाई स्वास्थ्य समाग्री वितरण गरेको हो ।

कोषले कारागार अस्पतालाई ५० थान पिपिई, २ सय थान मास्क, १ हजार थान थर्मल गन, ईलाका प्रहरी कार्यालय सुनसरीलाई एक एक सय थान पिपिई र केएन मास्क वितरण गरेको छ । यसैगरी एम्ब्लेस चालकलाई पिपिई, मास्क, ग्लोक्स पनि वितरण गरेको छ ।

कोषले शिवनगर टोल विकास समितिलाई डिसइन्फेक्सन स्प्रे, नेपाल युथ क्बलाई पिपिई, सानो गौचरण युवा क्लबलाई पिपिई, स्यानिटइजर, मास्क र ग्लोब्स, जुम्लाको लागि ३० थान पिपिई, १ सय ५० थान सर्जिकल मास्क, १ सय ५० थान स्यानिटाइजर पनि उपलब्ध गराएको छ ।

त्यस्तै उज्वल नक्षत्र समाजलाई ५ वटा पिपिई, ६० वटा मास्क र सोलु बाल संरक्षण गृहको लागि ८ बोरा चामल पनि कोषले वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie