हामी गर्भवती छौ : प्रियंका कार्की

तस्बिर: प्रियंकाको फेसबुकबाट।

काठमाडौं- चर्चित अभिनेत्री प्रियंका कार्की आमा बन्दै।

फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ ! हो, हामी गर्भवती छौं।’ प्रियंकाले शुक्रबार साँझ आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् आफू गर्भवती भएको खुलाएकी हुन्। केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो।

उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि ! भन्ने अड्कल काटेका थिए। अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।

आफ्नो शुभचिन्तकलाई दिएको यो खबरले यतिबेला समाजिक सञ्जाल तातिएको छ ।

तपाईको प्रतिक्रिया

Techie