हाडनाता प्रेम सम्बन्धमा दरार पछि सुजिताले आत्महत्या गरेको प्रहरीको दाबी

चितवन । चितवनको राप्तीकी सुजिता भन्डारी मृत्यु प्रकरणमा प्रहरीले उनकै ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । ठुलो बुवाका छोरा सचिन भन्ने सुकदेव भन्डारीसंग लामो समय प्रेम सम्वन्ध रहेको र बिवाहका बिषयमा बादबिबादपछि सुजिताले आत्महत्या गरेको प्रहरीले दाबि गरेको छ । दाजु नाता पर्ने २३ बर्षिय भन्डारि झापाका बासिन्दा हुन् । तर उनि काठमाडौ बस्दै आएका थिए । चितवनमा विविएस चौथो बर्ष अध्यनरत सुजिता पनि पटक पटक सुकदेवसग काठमाडौं बसेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । सुकदेवसग असारको ९ गते अन्तिम सम्वाद भएको र सो सम्वादमा झगडा परेपछि सुजिताले आत्महत्या रोजेको प्रहरीको निश्कर्ष छ । उनि असार ११ गतेदेखि हराएकी थिईन् । असार २० गते घर नजिकैको जंगलमा शव भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

Techie