हलिउड अभिनेता चाडविक बोजम्यानको निधन

एजेन्सी : हलिउड अभिनेता चाडविक बोजम्यानको ४३ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरका कारण लस एन्जलसस्थित घरमा उनको निधन भएको हो । बोजम्यानले धेरै उत्कृष्ट चलचित्रमा अभिनय गरेका छन् ।

सन् २०१८ मा सार्वजनिक भएको ब्ल्याक प्यान्थरले भने उनलाई चर्चाको शिखरमा पुर्‍याएको थियो । ब्ल्याक प्यान्थर ओस्कारमा सर्वोत्कृष्ट चलचित्रको छ विधामा मनोनयनमा परेको थियो । बोजम्यानले क्यान्सर लागेको अहिलेसम्म खुलाएका थिएनन् ।

मार्शल, ब्ल्याक बटमसहितका चलचित्रहरु क्यान्सरबाट मुक्त हुनका लागि गरिएका शल्यक्रिया तथा किमोथेरापीको क्रममा छायाँकन भएको परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie