हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं : कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना भाइरस संक्रमण देखिएको छ । आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन् ।

आचार्यले सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् । आचार्यले कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie