हत्या आरोपि संक्रमितबाट महाराजगञ्ज प्रहरी वृत्तमा फैलियो कोरोना

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान खोज्दै जाँदा मनमैजु हत्या प्रकरणका आरोपितबाट प्रहरी अधिकारीहरुमा संक्रमण सरेको देखिन्छ । हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनकै ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरि गरिएको परिक्षणमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो ।

घटनाको अनुसन्धानमा खटिएका अपराध महाशाखाका अन्यका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ ।जनसेवा प्रहरी वृत्त र ट्राफिकमा कार्यरत २० जना प्रहरीमा पनि हालै कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Techie