स्विस खेलाडी रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । पूर्व विश्व नम्बर एक फेडेररले शनिबार राति जर्मनीका डोमिनिक कोएफरलाई पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेका हुन् । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले डोमिनिकमाथि ७–६, ६–७, ७–६ र ७–५ को सेटमा जित निकाले । डोमिनिकमाथि जित निकाल्न फेडेररले ३ घण्टा ३५ मिनेटको समय खर्चिए । अब आठौं वरीयताका फेडेररले इटालीका माटियो बेराट्टीनीसँग खेल्ने छन् ।

तपाईको प्रतिक्रिया

Techie