स्वास्थ्य मन्त्रालयद्धारा चार प्रयोगशालासँग स्पष्टीकरण माग

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार प्रयोगशालासँग चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएका नमुना एक महिनासम्म र पोजेटिभ आएका नमूना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नभएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको हो । स्पष्टिकरण सोधिएका प्रयोगशालामा स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताल रहेका छन ।
चार अस्पतालका प्रयोगशालामा पिसिआर जाँच गरी रिपोर्ट नेगेटिभ आएपछि हङकङ, दुबई र जापान गएका व्यक्तिको पुन जाँच परीक्षण पोजेटिभ आएपछि सरकारले छानविन अघि बढाएको थियो । त्यस्तै मन्त्रालयले विदेश जना नागरिकहरुका हकमा ए लेभलको प्रयोगशालामा मात्रै परीक्षण गर्न निर्देशन दिएको छ । विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न गराउन पनि निर्देशन दिइएको छ । कोरोनाको परीक्षणमा नेगेटिभ वा पोजिटिभ रिपोर्ट मात्रै दिइदै आएको भए पनि अव इनकन्क्लुसिभ रिपोर्ट आएमा सो रिपोर्टलाई पोजेटिभ मान्ने भन्ने निर्देशन प्रयोगशालालाई दिइएको छ । विदेशबाट आउनेहरुलाई अनिवार्य चौध दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । त्यस अवधिमा कोरोना लक्षण तथा चिन्ह देखिएमा मात्र कोरोना परीक्षण गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

तपाईको प्रतिक्रिया

Techie