स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए, डा. देवकोटालाई दिइयो गुणस्तर मापन महाशाखाको जिम्मेवारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता फेरिएका छन् । मन्त्रालयले डा विकास देवकोटालई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएर प्रवक्तामा डा जागेश्वर गौतमलाई ल्याएको छ ।

मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए । मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

Techie