स्वास्थ्यमा समस्या भन्ने खबरप्रति खनालको नीजि सचिवालयको खण्डन

काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि सार्वजनिक भएका खबरप्रति खनालको नीजि सचिवालयले खण्डन गरेको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्यामात्रै देखा परेको अवस्था हो । सञ्चारमाध्यममा आए जस्तो जटिल र संवेदनशील अवस्था नभएको भन्दै सचिवालयले स्वास्थ्य जस्तो गम्भीर संवेदनशील विषयमा परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझेर मात्र खबर संप्रेषण गर्न आग्रह गरेको छ । यस्ता खालका भ्रामक अफवाहमा आधारित खबरहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति सचिवालयले गम्भीर आपत्ति पनि गरेको छ ।।

तपाईको प्रतिक्रिया

Techie