स्याउ र ओखरको पकेट क्षेत्र बनाउदै नौमूले गाउँपालिका (भिडियो रिर्पोट)

दैलेखः सम्भावना नै सम्भावनाले भरिएको गाउँपालिका हो– दैलेखको नौमूले । यिनै सम्भावनालाई ब्यबहारमा उतार्न पालिकाले पकेट क्षेत्र कार्यक्रमको बिकास गर्न थालेको छ ।

दैलेखको नौमूले गाउँपालिका ३ द्वारीका दुई गाउँलाई स्याउ र ओखर खेतीका लागि छनौट गरिएका छ । उच्च भेगमा रहेका गहुँखर्क र भित्रीखोला गाउँलाई स्याउ र ओखर खेतीका लागि अगाडी बढाउन लागिएको हो । गाउँपालिकाले पकेट क्षेत्रको रुपमा यी दुई गाउँलाई छनौट गरे संगै स्थानीयवासी उत्साहित भएका छन् ।

नौमूले गाउँपालिकाले जलश्रोत ब्यबस्थापन परियोजना संँगको साझेदारीमा वडा नं ३ को माथिल्लो भाग भित्रीखोलामा स्याउ र ओखर खेतीको पकेट क्षेत्र बनाउन लागेको हो । पकेट क्षेत्रमा घेरावार गरेर कृषकलाई निरन्तर रुपमा आम्दानीको श्रोत बनाउने ढंगले अगाडी बढेको गाँउपालिकाको भनाई छ ।

माटो र हावापानी अनुकुल हुने प्राबिधिकको सुझाव अनुसार भित्रीखोलामा स्याउ र ओखर खेतीको पकेट क्षेत्रको कार्य अगाडी बढाउन २७ लाखको ओखरको बिरुवा खरिद गर्न टेण्डर समेत भैसकेको नौमूले गाउँपालिकाले जनाएको छ ।

निर्वाहमूखी परंपरागत खेतीबाट जीवन निर्वाह गर्दै आएका नौमूले गाउँपालिका वडा नं ३ का दुई गाउँका किसानलाई स्याउ र ओखर खेतीमा ब्यबसायीकरण गर्न सके यस क्षेत्रका जनतालाई प्रत्यक्ष रुपमा लाभ पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

Techie