स्कुलको जग्गामा गाउँपालिका र वडा अध्यक्षको रजाईं, यसरी भत्काइयो चौतारो (भिडियो रिपोर्ट)

काठमाडौं : संस्कृतिक, सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको दायित्व हो । तर ओखलढुंगाको लिखु गाउँपालिकाका जनप्रतिनिधि कै मिलेमतोमा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको पाइएको छ ।

हेर्नुहोस् भिडियो :

ओखलढुंगाको लिखु गाउँपालिका ८ स्थित कालिका आधारभुत विद्यालय समिचौतारामा भएको समीको रुख काटिएको छ । भने चौतरोसँगै रहेको सानो पोखरीको नामोनिसान छैन । अहिले त्यहाँ घर बनाइएको छ ।

विद्यालयको प्रांगणमा रहेको चौतारो र सँगै रहेको ऐतिहासिक पोखरी मासेर घर बनाउने अरु कोही नभएर स्थानीय झगेन्द्र पौडेल हुन् । उनी गाँउपालिका अध्यक्ष गोविन्द बहादुर पौडेल र वडा नम्बर आठका अध्यक्ष विशालकुमार पौडेलका भतिजा हुन् । आफन्तको शक्तिको आडमा झगेन्द्रले सार्वजनिक जग्गा मासेर घर बनाएको स्थानीयको आरोप छ ।

अतिक्रमण गरिएको करिब डेढ रोपनी जग्गा कालिका आधारभुत विद्यालय समिचौताराको नाममा रहेको छ । यसरी विद्यालयको नाममा रहेको जग्गा विद्यालयलाई स्वीकृत लिए बगैर उनीहरु नीजि संरचना बनाएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

केही वर्ष अघिसम्म ८ कक्षा सम्म अध्यापन भइरहेको यो विद्यालय पछिल्लो समय स्थानीय राजनितिक किचलोमा फसेको छ भने जेनतेन कक्षा ५ सम्म अध्यापन गराइँदैछ । यो किचलोको पनि दोष स्थानीयवासीले गाँउपालिका अध्यक्षलाई नै दिने गरेका छन् । तर अध्यक्ष गोविन्द बहादुर पौडेल भने विद्यालयको जग्गा मिचिएको र चौतारो भत्काएको बारे आफु अनभिज्ञ रहेको बताउँछन् ।

सार्वजनिक जग्गा अतिक्रमण भएको विषयलाई लिएर स्थानीयवासी आक्रोसित भएका छन । विद्यालयको सम्पती मात्र नभएर वडा अन्तर्गतको पिपलडाडाको वरपिपल चौतारो, देविटारको वपरपिपल चौतारो र भञ्ज्याङ्ग डाडाको समि चौतारो पनि अतिक्रमणको चपेटामा परेको छ । स्थानीयवासीहरुले सार्वजनिक जग्गा पुर्ववत अवस्थामा नफर्काए चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।

पछिल्लो समय राजधानी मात्र नभएर देशैभर सार्वजनिक जग्गा अतिक्रमणको क्रम बढेको छ । यसरी हुने अतिक्रमणमा कतिपय स्थानमा जनप्रतिनिधि कै मिलोमतो देखिएको छ । जसले गर्दा अतिक्रमणकारीहरुको मनोबल पनि बढदो छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

११ आश्विन २०७७, आईतवार १५:५२ ११ आश्विन २०७७, आईतवार १५:५२

काठमाडौं : कृषि…

१४ श्रावण २०७७, बुधबार १९:१६ १४ श्रावण २०७७, बुधबार १९:१६

काठमाडौ । नेपालमा…

२१ श्रावण २०७७, बुधबार १५:२७ २१ श्रावण २०७७, बुधबार १५:२७

काठमाडौ । पछिल्लो…

Techie