स्कुटर दुर्घटनामा अभिनेत्री महिमा सिलवालसहित २ जनाको मृत्यु

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा गजुरी २ चम्बासमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चलचित्र अभिनेत्री महिमा सिलवाल रहेकी छिन् ।

भैरहवाबाट काठमाडौं आउदै गरेको लु २ ख १३५ यात्रुबहाक बसले सिलवाल सबार बा ९८ प नम्बर ७०५८ स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्कुटरमा रहेकी शर्मिला सिलवालको पनि उपचारको क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभिनेतृ सिलवालले अप्रिल फुल, चियर्स, दानव, ढुङ्गे युग र नो स्मोकिङ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

Techie