“सैनिक मुख्यालय जङ्गी अड्डाभित्र हुने भ्रष्टाचार छानबिनको दायरामा ल्याउने” – ईश्वर पोखरेल

ककाठमाडौं : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक मुख्यालय जङ्गी अड्डाभित्र हुने भ्रष्टाचार छानबिनको दायरामा ल्याउने दाबी गरेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आफ्नो दुई वर्षे कार्यकालको कार्यप्रगति विवरण सार्वजनिक गर्दै रक्षामन्त्री पोखरेलले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने स्पष्ट पारे । उनले दुईवर्षे अवधिमा नेपाली सेनाभित्रको संस्थागत सुधार भएको दाबी गरे । रक्षामन्त्री पोखरेलले संवैधानिक व्यवस्था अन्तर्गत् नै सेनालाई विकास निर्माणको जिम्मेवारी दिएको प्रष्ट पारे ।

मन्त्री पोखरेलले रक्षा मन्त्रालयले देशभरका ऐतिहासिक गढी, किल्लाको संरक्षण गर्ने काम शुरु गरिएको जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया

Techie