सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा निजी विमान कम्पनीलाई दिन लागेकोमा सांसदहरुको आपत्ति

काठमाडौं:  सांसदहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा निजी विमान कम्पनीलाई दिन लागेकोमा आपत्ति जनाएका छन । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसदहरुले नेपाल बायुसेवा निगमलाई बाहेक अन्यलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिन नहुने बताएका हुन । निगमकै सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सांसदहरुको भनाइ छ ।

छलफलमा सहभागी नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको सम्पूर्ण जिम्मा नलगाइएको दावी गरे । अहिले पनि २६ वटा कम्पनीको ग्राउण्ड ह्याण्डलिङ नेपाल बायुसेवा निगमले नै गरिरहेको भन्दै त्यो खोस्ने कुनै योजना नै नरहेको उनको भनाइ थियो ।

सञ्चालनको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा पनि वायु सेवा निगमलाई दिइएको जानकारी समेत दिए । थाई र एयर इण्डियाले मात्र ग्राउण्ड ह्याण्डलिङको काम भैरहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

Techie