सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौ । सेयर बजारमा चार दिनपछि फेरी रेकर्ड तोडिएको छ । प्रतिनिधि सभा विघटनबारे अदालतमा बहस भैरहँदा सेयरबजार दोहोरो अंकले बढेको हो । बुधबार सेयर बजार सूचकांक नेप्से परिसूचक १३ दशमलव ०७ अंकले बढेर २१७८ दशमलव ५७ बिन्दूमा पुगेको छ । बुधबार ४ अर्ब ४२ करोड ४८ लाख ४२ हजार ५ सय ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जानकारी दिएको छ । २०१ कम्पनीका १ करोड ५ लाख ३४ हजार १ सयल ५७ कित्ता सेयर किनबेच भएको हो । कारोबारमा आएका १२ समूहका परिसूचकमध्ये दुईवटा समूहका परिसूचक घटेका छन् । आज हाइड्रो र ट्रेडिङबाहेक सबै सुमहको सुचाङ्क वृद्धि भएका छन्। ट्रेडिङ समूहको परिसूचक करिब २१ अंकले घटेको छ भने जलविद्युत समूहमा १२ अंकले गिरावट आएको छ । माइक्रोफाइनान्स, निर्जिवन बीमा र विकास बैंक समुहमा सबैभन्दा बढी अंक वृद्धि भएको छ ।।

तपाईको प्रतिक्रिया

Techie