सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं: लगातार बढेर नयाँ नयाँ कीर्तिमानी बनाइरहेको सेयर बजार सूचक नेप्से बिहीबार पनि बढेको छ । दुई हजार दुई सय चार दशमलव ९४ बिन्दूसम्म पुगेको बजार सम्हालिएर २ हजार १ सय ९४ दशमलब ३५ बिन्दूमा पुगेको हो । यो अहिलेसम्मकै उच्चतम बिन्दू हो । सेयरबजारमा आज ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार परिसूचक नेप्से १५ दशमलब ९१ अंकले र क वर्गका कम्पनीको परिसूचक सेन्सिटिभ ३ दशमलब ०८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार २ सय ८ कम्पनीको कारोबार भएको छ । दिनभरिमा ५० हजार ९ सय ३३ पटक खरिदबिक्री हुँदा १ करोड १७ लाख कित्ता सेयर बिक्री भएका छन । सबैभन्दा बढी प्रभु बैंकको ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको २७ करोड, चिलिमे जलविद्युत् कम्पनीको २४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड र एनआईसी एसिया बैंकको २२ करोड रुपैयाँको कारोबार भएको छ । निर्जिवन समूहमा १४४ अंकले वृद्धि भएको छ भने माइक्रो फाइनान्स समूहमा ४६ अंकले बढेको छ । यसबाहेक चारवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

तपाईको प्रतिक्रिया

Techie