सेयर बजारमा उछाल, नेप्से परिसूचक करिब ४३ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतवार नेप्से परिसूचक ४२ दशमवल ६१ अंकले बढेर १ हजार २ सय ५५ दशमलव ७२ को विन्दूमा पुगेको छ । राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स एकैदिन ८ दशमलव ४७ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ३ दशमवल २२ अंकको बढोत्तरी भयो । बजारका १२ वटै उपसमूहमा उछाल आएको छ । आइतवार १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ८८ लाख बढीको कारोबार भएको छ । बैंकिङ समूह २७ दशमवल ३, जीवन बिमा समूहमा ६ दशमवल ८६, निर्जीवन बिमा समूहमा ८ दशमवल १७ र माइक्रोफाइनान्स समूहमा ६ दशमवल ५५ प्रतिशतले वृद्धि भएको छ । ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरले बढ्यो भने २३ कम्पनीको मूल्यमा पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ ।

तपाईको प्रतिक्रिया

Techie