सेयर बजारमा आज पनि पोजिटिभ सर्किट, डेढ घण्टामै बन्द भयो कारोबार

काठमाडौं : बुधबार सेयर बजार ६ प्रतिशतले बढेर बन्द भएको छ । कारोबारको सुरु देखि नै बढेको बजार डेढ घण्टामा नै ६ प्रतिशतले बढेको हो । बजार मापन गर्ने सूचक ७५.७७ अंकले बढेर १३३६.५२ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.१० अंकले बढेर २८७.०२ बिन्दुमा रोकिएको छ । १५३ कम्पनीको ११ लाख १ हजार २ कित्ता सेयर ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँको कारोबार भएको छ । मंगलबार पनि सेयर बजारमा पोजेटिभ सर्किट लागेपछि कारोबार बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie