सेनाको ब्यारेक भित्र रहेको ऐतिहासिक ढुड्गेधारा उत्खननको माग

काठमाडौ । काठमाडौको पेप्सीकोलास्थित नेपाली सेनाको ब्यारेक भित्र रहेको ऐतिहासिक ढुड्गेधारा उत्खननको माग स्थानीयले गरेका छन् । सो स्थानमा राणाकालीन संरचनाहरू समेत फेलापरेपछि स्थानीयले त्यसको संरक्षण गर्नुपर्ने बताएका हुन । विमानस्थल निर्माणका क्रममा ढुंगेधारा मासिएको भन्दै उनीहरूले उत्खनन् गर्न पुरातत्व विभागको ध्यानाकर्षण समेत गराएका छन् ।
ढुङ्गेधारा निरिक्षणका क्रममा सो स्थानमा राजा त्रिभुवन तथा महेन्द्रको समयका इट्टा भेटिएको पुरातत्व विभागले जनाएको छ । धारासंगै राणाकालीन समयमा निर्माण भएको पार्टी समेत फेला परेपछि विभागले थप अध्ययन सुरू गरेको छ ।
विमानस्थल निर्माण गर्दा ऐतिहासिक महत्व बोकेका सम्पदा नष्ट भएकाले त्यसलाई संरक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie