“सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा प्रधानमन्त्री ओलीको पनि संलग्नता छ” – डा. बाबुराम भट्टराइ

 

काठमाडौं : समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराइले भ्रष्टाचारका पछिल्ला घटनामा प्रधानमन्त्री केपी ओलीको संलग्नता रहेको आरोप लगाएका छन् । नेता भट्टराईले भ्रष्टाचारका घटनामा प्रधानमन्त्री ओली शंकाको घेरामा रहेकाले उनीबाटै छानवीन सुरु गर्नुपर्ने बताए । सेक्युरिटी प्रिन्टिङ प्रेस घोटाला लगायत दर्जनौ काण्डमा ओली नै दोषी रहेको उनको आरोप छ ।

काठमाडौको मातातीर्थस्थित सयौं रोपनी सरकारी जग्गा हिनामिना सम्बन्धमा सरकारले छानवीन गर्ने बताएपछि डाक्टर भट्टराई प्रधानमन्त्री ओलीसँग आक्रोशित बनेका हुन् । भट्टराईले आफूमाथि दुश्मनी साँध्न विभिन्न आरोप लगाएर फसाउन खोजिएको दाबी पनि गरे ।

पार्टीको कार्यक्रममा पर्वत पुगेका भट्टराईले सरकारको दिनगन्ती शुरु भएको दाबी पनि गरे ।

  • नेपालका शिक्षित भनाऊदा डाक्टर नेताहरुको बिद्वताको स्तर त एस्तो छ !

    अब ओलीको संलग्नता नै जासुस बाबुरामले डिक्लियर गर्दिसक्यो, नेपाल प्रहरीको सीआइ बीले गर्न नसकेको जासुसी उस्ले ब्यक्तिगत स्तरबाटै गर्दा रैछन ।

    यो समयसम्ममा त बोल्न त सिक्नु, कम से कम, “ओलीलाई पनि संलग्नताको संकाको दायरामा ल्याएर छानबिन गरियोस्” त भन्नुस बाबुराम साव। न्यायाधीश नै भैदेको ?

तपाईको प्रतिक्रिया

Techie