सुलेमानी हत्याकाण्डमा राष्ट्रपति ट्रम्पविरुद्ध इरानद्वारा पक्राउ आदेश जारी

 

इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध पक्राउ आदेश जारी गरेको छ । इराकस्थित बग्दाद विमानस्थलमा राष्ट्रपति ट्रम्पको आदेशमै इरानी जनरल कासिम सुलेमानीको हत्या गरिएको अभियोगमा इरानले उक्त आदेश जारी गरेको हो । इराक भ्रमणका क्रममा अमेरिकी सैनिकको ड्रोन आक्रमणबाट सुलेमानीको हत्या गरेको अभियोगमा ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलको समेत सहयोग लिने इरानले जनाएको छ । जनवरी तीनमा भएको उक्त घटनामा इरानले राष्ट्रपति ट्रम्पसँगै अन्य ३० जनाविरुद्ध पक्राउ आदेश जारी गरेको हो । इरानको सरकारी खबर संस्था इश्नाले इरानी अभियोजनकर्ता अली अल क्वासिमेहरलाई उदृत गर्दै उनीहरुविरुद्ध ‘हत्या र आतंकवाद’सम्बन्धी अभियोग लगाइएको जनाएको छ । अल क्वासिमेहरले ट्रम्पबाहेक पक्राउ आदेश जारी गरिएका अन्यको विवरण सार्वजनिक गरेका छैनन् भने राष्ट्रपतिबाट बाहिरिए पनि ट्रम्पविरुद्ध उक्त अभियोग जारी रहने बताएका छन् । फ्रान्सको ल्योनमा मुख्यालय रहेको इन्टरपोलले भने इरानको अभियोगबारे केही प्रतिक्रिया जनाएको छैन् ।

तपाईको प्रतिक्रिया

Techie