सुरक्षाकर्मीद्वारा सचेतनामुलक सांगितिक कार्यक्रम प्रस्तुत

लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानियलाई मनोरन्ञन गराउन र कोविड १९ का बारेमा जनचेतना फैलाउन रौतहट प्रशासनले नौलो कामको शुरुवात गरेको छ । बिहिवार साँझ गौर बजारको मुख्य सडकमा सुरक्षाकर्मीले सचेतनामुलक सांगितिक कार्यक्रम गरेका हुन । कार्यक्रममा सशस्त्र प्रहरी प्रमुखले सचेतनामुलक गीत गाएका थिए भने प्रहरीले पनि नाटक र गीत प्रस्तुत गरेको थियो ।

लकडाउनका कारण घरमै बस्नु परेका स्थानियलाई उनीहरुको चोकमा गएर गीत सङ्गीतका माध्यमबाट जनचेतना फैलाउने उदेश्यका साथ कार्यक्रमको शुरुवात गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले लेखेको गीत सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरिक्षक रविनराज कारञ्जीतले गाएका हुन । सुरक्षाकर्मीहरु छुट्टै रुपमा प्रस्तुत भएर साङ्गीतीक कार्यक्रम गरि रहदा स्थानीयले पनि तालि बजाउदै उनीहरुको हौसला बढाएका थिए । साङ्गीतिक कार्यक्रमलाई चरणबद्ध रुपमा जिल्लाका विभिन्न स्थानमा सुरक्षाकर्मीले संचालन गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

Techie