सुन्तला झर्ने र हाँगा सुक्ने समस्याले म्याग्दीका सुन्तला कृषक चिन्तित !

म्याग्दी:  म्याग्दीमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्याले सुन्तला कृषक चिन्तित भएका छन् । नगद आम्दानी गर्ने समयमा औसाँ किराले सुन्तला झरेपछि ब्यवसायिक रुपमा सुन्तला खेतीमा लागेका कृषक चिन्तित भएका हुन् ।
दश हजार भन्दा बढी सुन्तलाका विरुवा लगाएर सुन्तला गाउँको परिचय बनाउन सफल बेनी नगरपालिका–चार बास्कुनाका कृषक बढी मारमा परेको छन् । परम्परागत विस्तापित गरेर ब्यवसायीक रुपमा लगाएको सुन्तला बेच्ने समयमा बोटबाट ४० प्रतिशत भन्दा माथि झरेको छ, औसाँ किराको प्रकोपले दिनुहँ बोटमा भन्दा बढी भईमा रहेको बास्कुना कृषक दलबहादुर कार्कीले बताए ।

बास्कुनासंगै बेनपा ९ घतान, मालिका गाउँपालिका विम, अन्नपुर्ण गाउँपालिका भुरुङतातोपानी, दोसल्ले र रघुगंगा गाउँपालिकाको भगवती र पिप्लेमा सुन्तला झर्ने समस्या रहेको जानकारी दिएका छन् । कृषकको सुन्तला बोटबाट ३० प्रतिशत भन्दा बढी सुन्तला झरेको छ । कृषकले विभिन्न समयमा आवश्यक औषधीहरु तथा गोडमेलमा ध्यान नदिदाँ, काटछाट नगर्दा हागाँ सुक्ने समस्या समेत देखिएको छ। विगत बर्षभन्दा मेहनत अनुसारको आम्दानी नहुने कृषक बताउछन् ।

औसा किराको विस्तार र नियन्त्रणका लािग कृषि ज्ञान केन्द्र म्याग्दीले झरेको सुन्तला ब्यवस्थापनका पलास्टिक वितरण गरेको छ । यो रोगलाई आगामीबर्षमा नियन्त्रणका लागि फागुन चैतमा आकस्मीक बाली संरक्षण कार्यक्रम अन्तरगत औसा किरा ब्यवस्थापनको लागि तालिम र सामाग्री कृषकलाई उपलब्ध गराउने योजना कृषि ज्ञान केन्द्रको रहेको छ ।

जिल्लाको ६ वटै स्थानीय तहको ७ सय ६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार छ ।पाक्न लागेका सुन्तला झर्न थालेपछि यस बर्ष जिल्लामा ३० देखि ४० प्रतिशतसम्म सुन्तला उत्पादनमा गिरावट र आम्दानी घट्ने देखिन्छ । आगामी बैशाख, जेठ, असारमा वयस्क झिंगा व्यवस्थापनका लागि प्रोटिन बेटमा आधारित क्षेत्रगत कीरा नियन्त्रणका लागि आकस्मीक कार्यक्रम सञ्चालन गरिने केन्द्रले जनाएको छ । सुन्तलाको व्यवसायिकरणमा सघाउन जोन परियोजना कार्यान्वयन कार्यालय भएपनि रोक र संक्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको कृषकहरुको गुनासो छ ।

 

 

 

तपाईको प्रतिक्रिया

Techie