सुनिल थापा राप्रपा छोडेर कांग्रेसमा प्रवेश

काठमाडौ । सुनिल बहादुर थापा राप्रपा छोडेर कांग्रेसमा प्रवेश गरेका छन्। थापासहित ५० जना राप्रपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका छन्। थापा सहमहामन्त्री पद लिएर कांग्रेस प्रवेश गरेका हुन्। राप्रपा एकतासँगै असन्तुष्ट थापा लगायतका समूहले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका थिए। उनिहरुले शनिबार राप्रपाबाट संयुक्त रूपमा राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया

Techie