सुनमा कोरोनाको असर : तोलामा १८ सयले बढ्यो

काठमाडौं : कोरोना भाइरसको असर सुनको बजारमा देखिने क्रम रोकिएको छैन । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर ८२ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ । तेजावी सुन ८२ हजार २ सयमा कारोवार भएको छ ।

यो हप्तामात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको छ । आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोवार भएको सुनको मूल्य मङ्गलबार तोलामा तीन सय रुपैयाँ बढेको थियो ।

बुधबारपनि एकैदिन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको थियो । हिजो पनि सुन प्रति तोला दुई सय रुपैयाँ मुल्य बढेर बजारमा कारोवार भएको थियो । आज चाँदीको मूल्य पनि प्रति तोला १० रुपैयाँले बढेर ८ सय ९० मा कारोवार भएको छ ।

तपाईको प्रतिक्रिया

Techie