सुनचाँदी ब्यवसायी महासंघको अध्यक्षमा शाक्य निर्वाचित

काठमाडौ । नेपाल सुनचाँदी ब्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । महासंघको तेस्रो महाअधिवेशनमा शाक्य निर्वाचित भएका हुन् । साधारणसभावाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन् । यस्तै एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भएका छन् । यस्तै महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्धयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्म निर्वाचित भएको छन् । प्रवक्तामा मनोज कुमार शाह निर्वाचित भए । यस्तै सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित भएका छन् । महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्था भए अनुरुप यी सबै पदमा निर्विरोध भएको हो

तपाईको प्रतिक्रिया

Techie