सुनको मूल्य तोलाको ९९ हजार पुग्यो

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य उकालो लाग्ने क्रम रोकिएको छैन । आज पनि छापावाल सुन प्रति तोला पाँच सय रुपैयाँले बढेर ९९ हजारमा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तय भएको मुल्य अहिलेसम्मकै उच्च हो ।

सुनको मूल्यमा हरेक दिनजसो रेकर्ड बनिरहेको छ । सुनको भाउ बढेपनि चाँदीको मूल्य भने आज यथावत छ । तेजावी सुन पनि ९८ हजार ५ सय ६० रुपैयाँमा कारेवार भएको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोवार भैरहेको छ । कोरोनाका कारण अर्थतन्त्र प्रभावित भएका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मूल्य बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

Techie