सुनको मूल्य तोलाको १ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं : सुनचाँदीको मूल्य बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । एकै दिन प्रति तोला एक हजार तीन सय रुपैयाँ बढेर सुनको मुल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

आज छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा यो मूल्य अहिलेसम्मकै धेरै हो । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनपनि प्रति तोला ९५ हजार ३ सय ६५ मा कारोवार भैरहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोला ११ सय ५० रुपैयाँ पुगेको छ । लकडाउनपछि सुनको मुल्य निरन्तर उकालो चढिरहेको छ । चैत्र १० गते ७७ हजार रुपैयाँमा कारोबार भएको सुन अहिले एक लाख रुपैया नजिक पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र कोरोना संक्रमणका कारण सुनमा लगानी गर्नेहरु बढेपछि त्यसको असर बजारमा देखिएको हो ।

तपाईको प्रतिक्रिया

Techie