सुनको मूल्य एकैदिन २ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौं : सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको छ । साथै चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ । चाँदी मूल्य तोलामा ६० रुपैयाँ घटेको हो । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासंघले जनाएको छ । कोरोना विरुद्धको खोपमा सफलता मिलेपछि त्यसको असर सुनचाँदी बजारमा देखिएको हो ।

तपाईको प्रतिक्रिया

Techie