सुनको मूल्यमा आज पनि गिरावट

काठमाडौ । आज पनि सुनको मूल्य प्रति तोला आठ सय रुपैयाले घटेको छ । हिजो तोलामा दुई हजार तीन सय रुपैयाले घटेको सुनको मूल्य आज फेरि ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य लागि प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । चाँदी सोमबार १ हजार २ सय ३० रुपैयाँमा कारोवार भैरहेको संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि त्यसको असर देखिएको हो ।

तपाईको प्रतिक्रिया

Techie