सुनको मुल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला ९१ हजार रुपैयामा कारोवार

काठमाडौं नेपाली बजारमा सुनको मुल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार रुपैयामा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज कायम भएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । त्यसैगरी आज तेजावी सुन पनि ९० हजार पाँच सय ६५ रूपैयाँमा कारोवार भएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । दुई महिनाभन्दा बढी कारोबार बन्द भएर गएको जेठ २५ गतेदेखि बजार खुलेको सुनको मूल्यमा दिनदिन ैजसो रेकर्ड बनिरहेको छ । लकडाउनका कारण बन्द भएपछि खुलेको बजारमा नयाँ मूल्य तोकिँदा तोलामा १० हजार ४ सय रुपैयाँ बढेको थियो । लकडाउन हुनु अघिल्लो दिन चैत १० गते सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

Techie