सुनको भाउ तोलामा १२ सयले घट्यो

काठमाडौं : सुनको भाउ आज प्रति तोला १२ सय रुपैयाँले घटेको छ । आज बजारमा छापावाल सुन प्रति तोला ७८ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भएको थियो । शुक्रबार पनि सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको थियो ।

तेजावी सुन पनि मूल्य घटेर ७७ हजार ७ सयमा कारोबार भएको छ । चाँदीको मूल्यमा पनि तोलामा वीस रुपैयाँ घटेर ८ सय ६० रुपैयामा कारोवार भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ रहेको थियो । कोरोना भाइरस संक्रमणका कारण केही सातादेखि सुनको मुल्य निरन्तर उकालो लागिरहेको थियो ।

तपाईको प्रतिक्रिया

Techie