सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनप्रति तोला पाँच सय रुपैया बढेर ९१ हजार ७ सयमा कारोवार भएको हो । तेजावी सुन भने ९१ हजार २ सय ६५ मा कारोवार भएको छ ।

नेपाल सुनचादी ब्यवसायी संघका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार र सोमबार सुन प्रति तोला ९१ हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो ।

हिजो एक सय रुपैयाँ घटेको मूल्य आज फेरि बढेको हो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोवार भएको छ । कोरोना महामारीसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।

तपाईको प्रतिक्रिया

Techie