सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको सर्मथन फिर्ता नलिने

काठमाडौं- नेकपा एमालेको केन्द्रको निर्णयलाई चुनौती दिदै सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको छ ।

आज विहान बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले भट्ट नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै प्रदेश संसदीय दललाई प्रक्रिया थाल्न निर्देशन दिएको थियो । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना सदस्य अनुपस्थित थिए । अनुपस्थित हुनेमा एमाले अध्यक्ष केपी ओली पक्षका सांसदहरू रतना थापा, ग्याल्बु बोहोरा र लीलाधर भट्ट हुन् ।

माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित थिइन् । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विवादबीच प्रदेश संसदीय दलले यस्तो निर्णय गरेको हो । तर एमालेको माधवन नेपाल पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले केन्द्रको नीति विपरीत निर्णय गरेको हो । एमालेका सभामुखसहित २५, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सांसद छन् ।

तपाईको प्रतिक्रिया

Techie