भारतीय मूर्ति नआएपछि नेपालगन्जमै बनेका मूर्ति खपत

नेपालगन्ज । यस बर्ष कोरोना भाईरसका कारण सीमा नाका बन्द भएपछि दशैं नवदुर्गाका लागि भारतबाट मूर्ति आउन नसकेपछि नेपालगन्जमै बनेका मूर्ति खपत भएका छन् । भारतबाट आउने मूर्तिहरु नेपाल नभित्रिएपछि नेपालगन्जका मूर्तिकारलाई माग अनुसारको मूर्ति बनाउन धौ धौ भएको छ ।
बडादशैंको घटस्थापनादेखि मूर्तिस्थापना गरेर पूजा आजा गर्ने प्रचलन अनुसार नेपालगन्जका मूर्तिकारहरुले दुर्गा माता, देवी, गणेश, लक्ष्मी, काली, भगवतीलगायतका नवदुर्गामा राखिने मूर्ति बनाउने गरेका हुन् । बिगतका बर्षहरुमा भारतबाट ८ सय देखि एक हजारको संख्यामा आउने गरेका मूर्तिहरु यसबर्ष कोरोनाका कारण सिमा बन्द भएकै कारण आउन नसकेकाले माग अनुसार मूर्ति बनाउन नसकेको नेपालगन्जका मूर्तिकार बताउँछन् । जनशक्ति कम हुँदा माग अनुसार मुर्ति बनाउन समस्या परेको भन्दै उनीहरुले आफूसंग भएको जनशक्ति अनुसार मूर्ति बनाएकाले स्थानीयलाई मात्र दिएको बताए । मूर्ति ७ हजार देखि २५ हजार रुपैयाँ सम्ममा बिक्रि हुने गरेका छन् ।
यस वर्ष भारतबाट मूर्ति आउन नसकेपछि माग अनुसार मुर्ति बनाउन समस्या परेको र सीमित माग अनुसार मात्र मूर्ति पु¥याएको मूर्तिकारहरुको भनाइ छ । उनीहरुले कोरोना संक्रमणको जोखिम भएकाले जनशक्ति थप्न पनि समस्या भएको र स्थानीय माग पूरा हुने हिसबाले मात्र मूर्ति बनाएको बताए ।
नेपालगन्जका मूर्तिकारलाई माग अनुसारको मूर्ति बनाउन धौ धौ भएको छ । घटस्थापना भन्दा १५÷२० दिन पहिले देखिनै मूर्ति बनाउन शूरु गरिएपनि बाँके जिल्ला भन्दा बाहिरका जिल्लाबाट आएको मागलाई नेपालगन्जका मूर्तिकारले पु¥याउन सकेका छैनन् ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Techie