सिन्धुपाल्चोक पहिरो : थप दुई जनाको शव फेला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर दुई लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परेर हराइरहेका थप दुई जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार आज विहान बाइस वर्षीय छविलाल दोङ र पाँच बर्षिय अजय दोङको शव फेला परेको हो । योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेका छ ।

यसअघि शुक्रबार एघार, शनिबार सात र आइतबार एक जनाको शव फेला परेको थियो । पहिरोमा पुरिएर अझै अठार जना हराइरहेको प्रहरीले जनाएको छ । पहिरोमा बेपत्ताहरुको सेना, प्रहरी र स्थानीयको टोलीले चारदिनदेखि खोजी जारी राखेको छ । शुक्रबार बिहान खसेको पहिरोले लिदीका सैतिस घर पुरिएका थिए ।

तपाईको प्रतिक्रिया

Techie