सिन्धुपाल्चोकमा विज्ञ टोली खटाइयो

बाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोकमा विज्ञ सहितको टोली खटाएको छ । कोरोना संक्रमणबाट एक महिलाको मृत्यू भएपछि सामाजिक बिकास मन्त्रालयले बिज्ञ सहितको टोली परिचालन गरेको हो । मन्त्रालयका अनुसार प्रदेश सरकारले स्वास्थ्य विज्ञको ¥यापिड रेस्पोन्स टोली सिन्धुपाल्चोकको बाह्रबिसे पुगेको हो । टोलीसँगै वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल पनि सो स्थानमा गएका छन । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख पुरुषोतम सेढाई सहित डाक्टर र प्राविधिक सम्मिलित टोलीले संक्रमणको कारणका विषयमा अध्ययन गर्नेछ । टोलीले मृतकसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie