सिनेटमा राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोगको सुनुवाई शुरु

एजेन्सी : अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु भएको छ । ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्रयाटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चलेको छ ।

सिनेटमा बहुमत रहेको रिपब्लिकनहरु महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन् । तर विपक्षी डेमोक्रयाटहरूले त्यसो हुन नहुने र यदि त्यसो गरिएमा त्यो ढाकछोप वा सो सरह हुने बताएका छन् ।

ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिन खोजेको र अमेरिकी कङ्ग्रेसलाई आफ्नो काम कारबाहीको छानबिन गर्न नदिएको आरोपको सामना गरिरहेका छन् ।

रिपब्लिकनहरूले ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्क सम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने अडान राख्दै डेमोक्रक्याटहरूले ल्याएका दुई संशोधन प्रस्तावलाई विफल बनाइदिएका छन् ।

तपाईको प्रतिक्रिया

Techie