साम्राज्ञीविरुद्ध भुवन गरे गाली बेइज्जतीको मुद्दा दर्ता

काठमाडौ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दर्ता गरेका छन् । केसीले जिल्ला अदालत पुगरे साम्राज्ञीविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेका हुन । केसीले सामाग्रीवाट १० करोड क्षतिपूर्ति माग गरेका छन । अभिनेत्री शाहले भुवन निर्मित फिल्ममा काम गर्ने बेला र एक कार्यक्रमका लागि जापान पुगेको बेला अभिनेता केसीले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । साम्राज्ञीको आरोप गलत भएको र त्यसले आफ्नो चरित्रहत्या भएको केसीको दावी छ । दुईजनाविच सामाजिक सञ्जालमा पनि केही समयअघि विवाद भएको थियो । दुबैले एकअर्का विरुद्ध दोषारोपण गर्दै भिडियो सार्वजनिक गरेका थिए । केसीले सामाग्री बिरुद्ध कलाकार संघमा समेत उजुरी दिएका थिए ।

तपाईको प्रतिक्रिया

Techie