सामाखुसीमा ट्रक र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते

काठमाडौं : काठमाडौंको सामाखुसीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा तीन जना घाइते भएका छन् । भारतीय नम्बर प्लेटको युके ०८ सिए ३२५८ नम्बरको ट्रक र बा ७८ प ६८५७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा सुरेश अधिकारी, उनकी श्रीमती अनुपा बराल र छोरा असलेश घाइते भएका हुन् । घाइतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अनुपाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie