साधारण तारेखमा रिहा भए दुर्गा प्रसाईं

काठमाडौं : मानहानिको मुद्दा लागेका बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले साधारण तारेखमा रिहा गरेको छ । केही समयदेखि फरार प्रसाई आज विहान जिल्ला प्रशासन कार्यालयमा सुटुक्क हाजिर भएका थिए ।

उनलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले साधारण तारेखमा छाडने आदेश गरेकी हुन् । झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस अथवा १० प्रतिशत सेयर मागेको अरोप लगाएका थिए ।

प्रसाईंको आरोपविरुद्ध अयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेपछि पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि प्रसाईँ फरार रहेका थिए ।

तपाईको प्रतिक्रिया

Techie