सात महिनापछि मक्का मदिना खुल्ला

एजेन्सी । सात महिनापछि मुस्लिमहरुको पवित्रस्थल मक्का मदिना खुल्ला भएको छ । साउदी सरकारले कोरोना भाइरसको महामारी कम भएपछि मक्का मदिना खुला गरेको हो । पहिलो चरणमा साउदीका छ हजार मानिसहरुलाई मक्का मदिनामा प्रवेश दिइने साउदी अरेबियाले जनाएको छ । यस्तै दोस्रो चरणमा अक्टोबर १८ देखि १५ हजारलाई हजयात्रा गर्न दिइने भएको छ । नमाजको लागि चालिस हजारलाई अनुमति दिइने साउदी सरकारले जनाएको छ । प्रवेशका लागि तीर्थयात्रीहरुलाई मोबाइलबाट आवेदन दिनु पर्ने व्यवस्था गरिएको छ । कोरोना संक्रमण फैलिएपछि मार्च महिनादेखि मक्का मदिनामा सर्वसाधारणको प्रवेश रोकिएको थियो । साउदी सरकारले मक्का मदिना जाने मुस्लिम धर्मालम्बीवाट बार्षिक १२ अर्ब डलर कमाउने गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie