साझा यातायात आजबाट सञ्चालनमा आयो

काठमाडौं : सझा यातायात आजबाट सञ्चालनमा आएको छ । ‘कोभिड– १९’ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दीपश्चात् सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयपछि आजदेखि साझा यातायात सञ्चालनमा आएको हो ।

साझाले २६ वटा बसमार्फत् काठमाडौँ उपत्यकाका अधिकांश रुटमा सेवा शुरु गरेको हो । तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गरिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए । बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गरिएको छ ।

उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र सामाजिक दुूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ । उनले भने, “बसका कर्मचारीले पनि माक्स, पञ्जा र सेनिटाइजरको व्यवस्था गरिएको छ ।”

तपाईको प्रतिक्रिया

Techie