सागमा दोहोरो स्वर्ण विजेता मण्डेकाजीलाई थिमी नगरपालिकाको दराज उपहार

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद सागमा कराते कातातर्फ दोहोरो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार प्रदान गरेको छ ।

खेलकुदमार्फत नगरपालिकाको नाम देशभर चिनाएको र नगरपालिकाको पहिचान बनाएको भन्दै मध्यपुर थिमी वडा नम्बर ४ निवासी मण्डेकाजीलाई सजावटसहित दराज उपहार प्रदान गरिएको हो । मेयर मदनसुन्दर श्रेष्ठले निवासमा नै दराजको चावी मन्डेकाजीलाई हस्तान्तरण गरे ।

दराज र डेकोरेसेनसहित झन्डै ३ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । मन्डेले २० वर्षे लामो खेल करियरको सफलतालाई उक्त दराजमा कैद गरेका छन् ।

यसअघि नगरपालिकाले दोहोरो स्वर्ण जितेका मण्डेकाजीलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान पनि गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie