साउने सोमबार : धार्मिक आस्थालाई रोकेन कोरोनाले (फोटोफिचर)

तस्विर : नवीन श्रेष्ठ

काठमाडौं : कोरोना भाइरसका कारण साउनको पहिलो सोमबार शिव मन्दिरहरुमा हुने पूजा यो वर्ष प्रभावित भएको छ । सधैं भिडभाड हुने देशभरका शिवालय यस वर्ष भने कोरोना महामारीका कारण खाली जस्तै देखिन्छन् ।

यस्तै पशुपतिनाथ मन्दिरमा साउनमा थाम्नै नसकिने घुइँचो हुन्थ्यो तर यस वर्ष कोरोनाका कारण बन्द भएको मन्दिर अझै खुलेको छैन । पशुपतिनाथ बन्द भएका कारण दर्शनार्थीहरु बाहिरबाटै दर्शन गरेर फर्किरहेका छन् । उपत्यकाका अन्य मन्दिरहरुमा समेत भिडभाड हुने आजको दिन कोरोनासँगसँगै झरीका कारण पनि प्रभावित भएको छ ।

सरकारले भिडभाड गर्न मन्दिरमा पूजाअर्चनामा रोक लगाएपनि धार्मिक आस्थाका कारण केही मानिसहरु भने मन्दिरमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

Techie