साउदीमा कोरोनाबाट हालसम्म ७ नेपालीको मृत्यु

काठमाडौं : साउदी अरबमा कोरोना भाइरसबाट संक्रमणबाट हालसम्म सात नेपालीको मृत्यु भएको छ । संक्रमित नेपालीको संख्या पनि दोब्बर भएको छ । बैशाख अन्तिमसम्म ६ सय ७४ जनामा संक्रमण देखिएको थियो । अहिले त्यो संख्या १ हजार ३ सय ६४ पुगेको छ । जसमा १७ जना महिला छन् ।

साउदी अरेबियास्थित नेपाली दूतावासका अनुसार संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्व क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना छन । त्यस्तै जेद्दा १ सय ७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएका छन् ।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६५ हजार ७७ जना पुगेको छ । बुधबार २५ सय ३२ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये २ हजार ५ सय ६२ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie